10
Nov
2022

Naaso – Subani Moktan

Naaso Lyrics and Chords

Lyrics / Vocal / Music : Subani Moktan

Chords to be updated soon

Verse 1

जानेलाई म रोक्दिन
तर नहुनु बिरानो
केहि दिनको बिछोड हो यो
सम्बन्ध छ पुरानो
म त तिमीले दिएको झुम्का र सारी
लगाई कुरिरहन्छु हाम्रै घर अगाडी

फर्की आउनु है ..
हाम्रो माया नभुले है
म तिम्रै नासो हुँ ..
साँची राखे है

[ हो हो ओ .. हो हो ओ …
हो हो ओ .. हा … ] – 2

Music: Flute

Verse 2

तिमी भन्छौ जिन्दगी
कहाँ सजिलो छ,
कमजोर त म पनि छैन
अँध्यारो मा आउने पाइला
नदेखिए पनि
सधैँ भरि रात हुँदैन
म तिम्रो आँट बनिदिन्छु,
तिमी मेरो साहारा बनिदेउ

फर्की आउनु है ..
हाम्रो माया नभुले है
म तिम्रै नासो हुँ ..
साँची राखे है

[ हो हो ओ .. हो हो ओ …
हो हो ओ .. हा … ] – 2

End
Share

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *