Manav Nai Danav – ALBATROSS

Manav Nai Danav Lyrics and Guitar Chords

बदलिँदो भाव भन्छ
दोषी बदलिदो मन
दुनियालाई देखाई दिन्छु
के सोचेछस? भन्छ पो झन्

बिर्सेर छाडिस कि चिन्न नभनि जान है दिन्न

हाम्रै माझमा … मानवै दानव – मानवै दानव
हाम्रै समाजमा … मानवै दानव – मानवै दानव

बदलिँदो समय भन्छा
दोषी बदलिँदो चलन
आफुले त गर्न सकिन
अरुले गरेकोमा जलन

गुण तेरो अब म गाउँदिन
ठक्कर नखाए बुद्धि आउनदैन

बदलिँदो मानव भन्छ
दोषी बदलिँदो मौसम
गर्न तैले न सक्ने हैन,
खान्छस किन झुटो कसम

बिर्सेर छाडिस कि चिन्न
नभनी जान है दिन्न

हाम्रै माझमा … मानवै दानव – मानवै दानव
हाम्रै समाजमा … मानवै दानव – मानवै दानव

Leave a Reply

Your email address will not be published. Required fields are marked *