Jhuto Satya Lyrics and Guitar Chords
Lyrics: Astha Tamang-Maskey
Verse 1
यो निर्दोष मुहारको नकाब पछाडि
एउटा लुकेको रुप छ
यो खुशी देखिने मुस्कान पछाडि एउटा गहिरो दु:ख छ
यो उदार देखिने मन भित्र एउटा अद्रिश्य स्वार्थ गाडीएको छ
यो न्यानो अङ्गालोको मायामा शायद कतै एउटा चिसो ठाउँ छ
तिमी जे देख्छौ के त्यो तिम्रो लागि सत्य हो?
तिमी जे देख्दैनौ के त्यो तिम्रो लागि झुटो होकी झुटो सत्य हो?
यो सम्पूर्ण देखिने जीवनमा छन् अनन्त अभावहरु
यो बाहिरबाटको कलिलो शरीर छ भित्रबाट धेरै दरो
यो सजिलो देखिने बाटो छ हिड्दाखेरी धेरै गारो
बिपनाझै लाग्ने यथार्थ
आखिरमा एक सपनानै थियो
तिमी जे देख्छौ के त्यो तिम्रो लागि सत्य हो?
तिमी जे देख्दैनौ के त्यो तिम्रो लागि झुटो होकी झुटो सत्य हो?
आफुलाई हेर्दै थिए म आफुलाई चिनिन मैले
तिमी जे देख्छौ के त्यो तिम्रो लागि सत्य हो?
तिमी जे देख्दैनौ के त्यो तिम्रो लागि झुटो होकी झुटो सत्य हो?